काठमाडौँ, फागुन १७ :

काठमाडौँ उपत्यकामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । आज बिहान २ बजेर ५१ मिनेट जाँदा गएको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। 

अचानक आएको कम्पनले सर्वसाधारण त्रसित बनेका थिए । जसका कारण सुतिरहेका धेरै मानिस घरबाहिर निस्कन बाध्य भए।भूकम्पको केन्द्रबिन्दु, रेक्टर स्केल मापन  हुन बाँकी छ । 

भूकम्पबाट अहिलेसम्म के कति क्षति भयो भन्ने विवरण प्राप्त भइसकेको छैन। भूकम्पको धक्का केहीबेर महसुस गरिएको थियो।