शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन कला/साहित्य

यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १७ फागुन, २०८१ मा प्रकाशित
यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई
फागुन १७ :

सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’  पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उनले निर्वाह गरेको योगदानको कदर गर्दै ५० हजार राशिको उक्त पुरस्कार स्रष्टा शर्मालाई प्रदान गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीराज पाण्डेले बताए ।

साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन यही फागुन २६ गते उक्त पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गरेका छन् । उनको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार