सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

हवाई उडान प्रभावित : प्रतिकूल मौसमले परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १७ फागुन, २०८१ मा प्रकाशित
हवाई उडान प्रभावित : प्रतिकूल मौसमले परराष्ट्रमन्त्री चढेको जहाज कोलकाता डाइभर्ट
काठमाडौं, फागुन १७ :

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर भएको छ । जसकारण हवाई उडान प्रभावित भएको हो ।

मौसम खराबीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आएको जहाज पनि कोलकाता डाइभर्ट भएको छ । विमानस्थल कार्यालयका अनुसार दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता डाइभर्ट भएको हो । राणा स्विट्जरल्यान्डको जेनेभामा २४-२६ फेब्रुअरीसम्म भएको हुमन राइट्स काउन्सिलको बैठकमा सहभागी भएर नेपाल फर्किँदै थिइन् ।

त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । त्यस्तै चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाजको तिब्बतको ल्हासा डाइभर्ट भएको छ । अहिले भने मौसममा सुधार आएसँगै अन्तर्राष्ट्रियतर्फ उडान सुरु भएको कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौंबाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमा मौसममा बदली देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार