काठमाडौं, फागुन १७ :

सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ । जसमा मोटरसाइकलको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यसैगरी मोटरसाइकल वा स्कुटरको अगाडि बालबालिका राखेर चलाउन नपाइने नियम ल्याउन थालिएको छ ।  २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकामा त्यसलाई परिमार्जन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

मन्त्रालयले नयाँ ऐनको मस्यौदा तयार पारेर राय तथा सुझाव पनि मागेको छ । यसका लागि मन्त्रालयले आफ्नो वेबसाइटमा ऐनको मस्यौदा सार्वजनिक गरेको छ ।

प्रस्तावित ऐनमा सवारी दर्ता प्रमाणत्रमा उल्लेखित नम्बर प्लेट नराखी चलाएमा १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म वा ६ महिना कैदका साथै सवारी जफत गर्ने व्यवस्था गर्न लागिएको छ । यस्तै सवारीसाधन दर्ता नगरी चलाए दुईपांग्रे र तीनपांग्रेका लागि ५ हजार रुपैयाँ, साना र मझौला सवारीसाधनका हकमा १५ हजार र ठुलालाई ५० हजार रुपैयाँ जरिवाना लगाउने व्यवस्था गरिएको छ । प्रस्तावित ऐन ६४ पृष्ठको छ ।

हेरौं ऐनमा व्यवस्था गरिएका प्रावधान :