मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति बागमती प्रदेश कृषि

‘भूमिहीनलाई छिट्टै लालपूर्जा, कानुनी अवरोध हटाउँदै सरकार’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
‘भूमिहीनलाई छिट्टै लालपूर्जा, कानुनी अवरोध हटाउँदै सरकार’
सिन्धुली, फागुन १८ :

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीनलाई छिट्टै लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताएका छन्। 
सिन्धुलीमाढीमा भूमि समस्या समाधान आयोगका पदाधिकारी, सदस्यहरू तथा सहकारी अभियन्ताहरूसँगको भेटघाटमा उनले सरकारले लालपूर्जा वितरणलाई तीव्रता दिन लागेको जानकारी दिए।

उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिए। ‘लालपूर्जा वितरण कुनै दलको चुनावी नारा मात्र होइन,’ उनले भने, ‘सरकारको उद्देश्य नागरिकलाई बसोबास गर्दै आएको ठाउँमै जग्गाको कानुनी स्वामित्व दिनु हो।’

मन्त्री अधिकारीले लालपूर्जा वितरणमा कानुनी अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको भन्दै आवश्यक परे अध्यादेश ल्याएर कानुनी संशोधन गरिने बताए। जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा सार्ने आयोगको जिम्मेवारी रहेको उनले प्रस्ट पारे।
आयोगले नयाँ ठाउँ खोज्ने नभइ सुरक्षित पुनर्स्थापनाको वातावरण बनाउने मन्त्री अधिकारीले बताए ।

उनले जङ्गल अतिक्रमण रोक्न आयोगलाई आवश्यक सीमा निर्धारण गर्न निर्देशन दिँदै जङ्गल मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार