
कैलाली, फागुन २० :
सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीका निजी सुरक्षा गार्ड (पीएसओ) प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटनामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान ११:३० बजे, बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर अनियन्त्रित भई धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा विद्युत् पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । मध्याह्व १२:१५ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।