काठमाडौँ, फागुन २१ :

थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । 

मंगलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको र सडकसमेत अवरुद्ध भएको छ ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप फुटेर बाढी आउँदा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने क्रममा पाइप फुटेपनि थापाथलीमा के कारणले पाइप फुटेको हो पत्ता लाग्न सकेको छैन् ।