बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

टीकाथलीमा पानीका लागि बोरिङ गाडेको ठाउँबाट आगो निस्कियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
टीकाथलीमा पानीका लागि बोरिङ गाडेको ठाउँबाट आगो निस्कियो
काठमाडौँ, फागुन २१ :

ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङको पाइप गाडेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ ।

स्थानीय बासिन्दाले हिलो र पानी छ्‌यापेर आगो निभाउने प्रयास गरिरहेको भएपनि निभेको छैन । 

बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

घटनाबारे जानकारी लिन ललितपुरको प्रहरी टोली टीकाथली पुगेको छ । प्रहरीका अनुसार यसबारे थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार