काठमाडौं, फागुन २१ :

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएपछि उनलाई नर्भिक अस्पतालको प्राइभेट वार्डमा सारिएको छ। उनी केहीदिन अस्पतालमै रहने स्रोतले जनाएको छ । 

शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । हृदयघात भएपछि पूर्वयुवराज शाहलाई आइतबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

वंशाणुगतकै कारण पारसलाई पटकपटक हृदयघात हुने गरेको चिकित्सकको अनुमान छ । चिकित्सकका अनुसार पारसलाई अहिलेसमेत चौथो पटक हृदयघात भएको हो । उनलाई यसअघि पनि मुटुमा समस्या हुने गरेको थियो। पहिला पनि मुटुकै समस्याले गर्दा अस्पताल भर्ना गर्नु परेको थियो ।