फागुन २३ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई अन्तिम चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्टमा लेखेका छन्, म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने, हमासका एक जना पनि सदस्य सुरक्षित हुनेछैनन् ।

यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका भने छैनन् ।

हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न र मारिएका मानिसहरूका सबै शवहरू तुरुन्तै फिर्ता गर्न आग्रह गरेका छन् । ट्रम्पले हमासलाई धम्की दिएको यो पहिलो पटक भने होइन । डिसेम्बरमा ट्रम्पले पदभार सम्हाल्दासम्म बन्धकहरूलाई रिहा नगरिए सबै नर्क हुने चेतावनी दिएका थिए । 

यो अन्तिम चेतावनी भन्दै नेतृत्वलाई गाजा छोड्ने समय आएको बीबीसीले उल्लेख गरेको छ ।

उनले गाजाका जनताले सुन्दर भविष्य पर्खिरहेको पनि बताएका छन् ।

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।