कञ्चनपुर, फागुन २५ :

बेलौरी नगरपालिका- ३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ । 

फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति निधन भएको हो ।
 
आज बिहान ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने र त्यसपछि बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् । 

वि. सं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । रिजालकी  श्रीमती डिलकुमारीको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । 

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए ।