
नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले काठमाडौंमा शनिबार पत्रकार सम्मेलनमार्फत सन् २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने खेल गतिविधिको समयतालिकासहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
क्यानका सचिव पारस खड्काका अनुसार यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुनेछ । क्यालेन्डरमा नेपाली पुरुष तथा महिला क्रिकेट टोलीले खेल्ने प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता, शृंखला तथा घरेलु प्रतियोगिताहरू समेटिएका छन् । यस्तै क्यालेन्डरमा महिला राष्ट्रिय टोली र विभिन्न उमेर समूहका टोलीहरूका लागि पनि अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताहरू समावेश गरिएका छन् ।
नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग-२ खेल्नेछ । यस्तै ट्वेन्टी-ट्वेन्टी विश्वकप छनोटको तयारी श्रीलंकामा हुनेछ । आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ खेल्नेछ ।
सचिव खड्काका अनुसार महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वेन्टी-ट्वेन्टी सिरिज खेल्नेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ ।
प्रधानमन्त्री कप क्रिकेट भने मार्चमा हुने समयतालिका छ । साथै, क्यानले केही दिनभित्र नेपाली पुरुष राष्ट्रिय टोलीका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको सचिव खड्काले जनाए ।
यस्तो छ क्यालेन्डर :
