विशेष शिक्षा विशेष पद्धति र ढाँचाबाट प्रदान गर्ने गरिन्छ ।
अपाङ्गता भएका बालबालिकालाई उनीहरुको आवश्यकता अनुसार शिक्षाको समान अवसर प्रदान गर्न विशेष शिक्षा कार्यक्रम संचालन गरिन्छ । विशेष शिक्षा जसले सुखी भविष्यको बाटो खोल्छ ।
विशेष शिक्षाले सबै बालबालिकाहरुलाई उचित सम्मान, अपाङगता भएका बालबालिकाहरुका लागि समर्थन कार्यक्रम, व्यवहार हस्तक्षेप कार्यक्रम, मानवअधिकार संरक्षण, सांस्कृतिक र शारिरीक शिक्षा,विद्यालय पछिको व्यवसायिक शिक्षा प्रदान गर्ने गर्दछ ।
विशेष शिक्षा प्रदान गर्ने क्रममा अभिभावक र समुदायसँग मिलेर शिक्षा योजनाहरु स्थापना गर्ने र विद्यार्थीहरुलाई अनुकुलित हुन सक्ने शिक्षा दिइन्छ ।
एक्काईसौँ शताब्दीमा कुनै पनि सूचनाबाट बन्चित हुन नपरोस भनी आवश्यक आधारभुत सूचनाको प्राप्ति, साक्षरता सीप सिकाईका लागि शैक्षिक सामाग्री, विभिन्न प्रतियोगिता एवं अपाङगता भएका विद्यार्थीहरुका लागि विभिन्न उत्सवहरुमार्फत सिकाउने वातावरण विशेष शिक्षाले दिनुपर्दछ ।
विशेष शिक्षा जसले सुखी भविष्य निर्धारण गर्दछ । विशेष शिक्षाले सांस्कृतिक र कलात्मक संवेदनशील चरित्र विकास, प्रतिभा विकास र रोजगारीको योजनाको विकासमा योगदान पुर्याउनुपर्छ ।
कोरियाको पोहाङस्थित पोहाङ म्योग्दो स्कुल अपाङगता भएका विद्यार्थीहरु पढाइने एक निजी विशेष शिक्षा विद्यालय हो जसले यी कुराहरुलाई ध्यानमा राखेर अपाङगता भएका विद्यार्थीहरुका लागि शिक्षा प्रदान गर्दै आएको छ ।
यस विद्यालयले अपाङगता भएका विद्यार्थीहरुका लागि शिक्षा, रोजगारी, शाररिक शिक्षा, व्यवसायिक शिक्षा र सामाजिक एकीकरणका लागि काम गरिरहेको छ । यहाँ २ सय ६५ जना अटिजम, शाररिक अपाङ्गता, बौद्धिक अपाङगता लगायतका विभिन्न अपाङगता भएका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् ।
यस विद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीहरुले आफ्नो पढाइका सँगसँगै अतिरिक्त्त क्रियाकलापहरु पनि गर्ने गर्दछन् ।
यसैक्रममा उनीहरुले एक कार्यक्रममा अर्केस्ट्रा संगीत प्रस्तुत गरेका थिए ।
उनीहरुलाई केही शिक्षकहरुले समेत साथ दिएका थिए । सांगितिक प्रस्तुतिका क्रममा देखिएको ती विद्यार्थीहरुको आत्मविश्वास र उनीहरुको क्षमता साच्चिकै प्रशंसनीय छ ।
छाङवान नेशनल युनिभर्सिटी अन्तर्गत लिडिङ युनिभर्सिटी प्रोजेक्ट (लुपिक)ले नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन सहकार्य गर्दै आएको छ ।
यसैक्रममा नेपालबाट आएको विशेष शिक्षा अध्यापन गरिरहेका शिक्षक तथा यो बिषय अध्ययन गरिरहेका विद्यार्थिहरुको टोलीले कोरियाको पोहाङ विशेष स्कुलको अवलोकन भ्रमण गरेको छ ।
सबै बालबालिकाको लागि अनिवार्य शिक्षा अनि शिक्षा बालबालिकाहरुको सपना र आशाको आधार ।