
भारतको अग्रणी टायल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै विकास चोक, भरतपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको उपस्थिति थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिसमेत थियो ।
कजारियाको राष्ट्रिय सेल्स प्रमुख सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘भरतपुर कजारियाका लागि महत्त्वपूर्ण बजार हो । यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र राम्रो गुणस्तरका उत्पादनहरू दिनु हो । जसले कार्यक्षमता र डिजाइन दुवैमा सुधार ल्याउनेछ ।’
रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको ठुलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।
यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसर प्रदान गर्नेछ । स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउने र वृद्धि र विकासलाई बढावा दिने कम्पनीले दाबी गरेको छ ।