शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

बिमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
बिमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं, फागुन २६ :

नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। ओझाले अध्यक्षको पदमा आवेदन दिनु अघि बुझाएको कागजात फेक भएको आरोप लगाइएको छ, र यस विषयमा छानबिन गर्न माग गरिएको छ।

ओझाले आवेदन दिनु अघि क्लिकमाण्डु डटकममा प्रबन्धकको पदमा कार्यरत भएको कागजात प्रस्तुत गरेका थिए। उनीसँग बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका कुनै अनुभव नभएको र उनका प्रमाणपत्रहरु एकै समयमा विभिन्न स्थानमा काम गरेको जस्तो देखिएको दिपेन्द्र बोहोराले आइतबार अख्तियारमा दर्ता गराएको उजुरीमा उल्लेख गरिएको छ।

साथै, ओझाको उमेरसम्बन्धी विषयमा पनि उजुरीमा टिप्पणी गरिएको छ। ३३ वर्षका ओझालाई प्राधिकरणको अध्यक्ष जस्तो उच्च र गरिमामय पदमा नियुक्त गरेको आरोप लगाइएको छ । यो उमेरका व्यक्तिका लागि पद अस्वाभाविक मानिएको छ।

प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक र सदस्यहरु, साथै अर्थ मन्त्रालयका वित्त क्षेत्र व्यवस्थापन महाशाखाका कर्मचारीहरूविरुद्ध पनि छानबिन गर्नुपर्ने माग गरिएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार