शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान-राष्ट्रको अभियान’ सञ्चालन 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ‘श्रमको सम्मान-राष्ट्रको अभियान’ सञ्चालन 
काभ्रेपलाञ्चोक, फागुन २७ :

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान- राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ ।

नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व स्थानीय उपभोक्ता समितिलाई अभिमुखीकरण सम्पन्न गरेको छ भने सञ्चालित योजनाको नियमित अनुगमन गरिएको जनाएको छ । 

नगर रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त रोजगार कार्यक्रममा नगरभित्र बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा ११ वटै वडामा अभिमुखिकरण गरिएको केन्द्रका संयोजक अमृत खनालले जानकारी दिए ।

खनालका अनुसार कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालानार्थ तालिम प्रदायक छनोट भई ४० बेरोजगार सूचीमा सूचीकृत व्यक्तलाई आउँदो चैत २ गतेबाट प्लम्बर र डकर्मीसम्बन्धी तालिम सञ्चालन गरिने छ ।

यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी प्रदान गरिएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार