
काठमाडौँ, फागुन २७ :
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौँमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
अन्य पदमा भने आज निर्वाचन हुने तालिका रहेको छ ।