
काठमाडौं, फागुन २७ :
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशहरूले फलको आस नगरी कर्म गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा ललितपुरमा सोमबार आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशले कहिले पनि जस लिने आशा गरेर न्याय सम्पादन गर्न नहुने बताइन् । उनले जस दिन्छन् कि दिँदैनन् भनेर न्याय गर्ने भन्दा पनि पीडितले न्याय पाउने गरी न्याय सम्पादन गर्न जरुरी रहेको बताइन् । आफ्नो क्षमतालै भ्याएसम्म न्याय सम्पादन गर्न पनि आग्रह गरिन् ।
उनले महिला न्यायाधीश भएर आउँदैमा सबैकुरा पूरा नहुने पनि बताइन् । उनले महिला न्यायाधीशमा क्षमता र शाहस हुन जरुरी रहेको बताइन् ।