मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
अर्थतन्त्र

सात महिनामा उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत : राष्ट्र बैङ्क

घ्यू तथा तेल उप- समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
सात महिनामा उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत : राष्ट्र बैङ्क
काठमाडौँ, फागुन २७ :

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ । 

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति वाञ्छित सीमाभित्रै देखिएको हो ।

बैङ्कका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत र गैर- खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः छ दशमलव ५९ प्रतिशत र तीन दशमलव ९८ प्रतिशत रहेको थियो ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप- समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै १२ दशमलव ८० प्रतिशत देखिएको छ । त्यस्तै, दाल तथा गेडागुडीको नौ दशमलव ०६ प्रतिशत, तरकारीको सात दशमलव ५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको छ दशमलव ३६ प्रतिशतले बढेको छ । 

मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने दुई दशमलव ९८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । गैर- खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप- समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ९१ प्रतिशतले बढेको छ । 

त्यसैगरी कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव ३६, मदिराजन्य पेयपदार्थको पाँच दशमलव ०८, यातायातको पाँच दशमलव ०१, सुर्तीजन्य पदार्थको चार दशमलव १० र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ०७ प्रतिशतले बढेको छ ।

यो अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ९६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा यो अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव १५, मधेश प्रदेशको तीन दशमलव ९१, बागमती प्रदेशको तीन दशमलव ३५, गण्डकी प्रदेशको तीन दशमलव ४०, लुम्बिनी प्रदेशको चार दशमलव १६, कर्णाली प्रदेशको चार दशमलव ०५ र सुदूरपश्चिम प्रदेशको चार दशमलव ७१ प्रतिशत रहेको छ । 

त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, तराईको चार दशमलव २५, पहाडको चार दशमलव ११ र हिमालको पाँच दशमलव २१ प्रतिशत रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार