शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार अर्थतन्त्र

चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला हुने 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
चैत १ गतेदेखि भृकुटीमण्डपमा पुष्प मेला हुने 
फाइल फोटो
काठमाडौँ, फागुन २७ :

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि २६ औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आयोजना हुने भएको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा मेला आयोजना हुने एशोसिएसनले आज यहाँ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

आयोजकका अनुसार मेलामा ८२ वटा स्टल रहनेछन् । मेलामा पुष्प व्यवसायीहरूले उत्पादन गरेका विभिन्न फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ, जसमा उत्कृष्ट हुनेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । व्यवसायीले मेलामार्फत आफ्ना उत्पादनको प्रचारप्रसार, बजार विस्तार तथा बिक्री वितरण गर्न सक्नेछन् । साथै, अन्य व्यवसायी तथा उपभोक्तासँग सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन् ।

मेला संयोजक रामबहादुर तामाङले मेला अवधिमा करिब ६० हजार मानिसले अवलोकन गर्ने र करिब रू एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार