काठमाडौँ, फागुन २८ :

कास्कीको मादी गाउँपालिकामा पर्ने सैमराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज (मंगलबार) बिहान ४ बजेर ११ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पोखरा तथा आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको स्थानीयले जनाएका छन् ।