
फाइल तस्बिर।
काठमाडौं, फागुन २९ :
प्रधानमन्त्री केपी शर्मा ओली सरकार र संसद्बीच संविधानले गरेका प्रबन्धबमोजिम भइरहका समन्वय र सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका छन् ।
समक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औं सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले दिँदै सङ्घीय सरकारका तर्फबाट हुनुपर्ने सहयोग र समन्वयका लागि आफू तयार रहेको बताए ।
उनले राज्यको आर्थिक हैसियतलाई विचार गरेर मात्र संसद्ले सरकारसमक्ष बजेटसम्बन्धी प्रस्ताव पेस गर्नुपर्ने बताए । साथै उनले सरकारका सम्बन्धित मन्त्रालयले पनि संसद्को नेतृत्वले आवश्यकता ठानेर पठाइसकेका प्रस्तावलाई सहजरुपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।