सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

ललितपुरका यी क्षेत्रमा जुलुस तथा प्रदर्शन गर्न नपाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
ललितपुरका यी क्षेत्रमा जुलुस तथा प्रदर्शन गर्न नपाइने
ललितपुर, चैत ३ :

राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै दुई महिनाका लागि  पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए ।

जसअनुसार पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्रीनिवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको  छ ।

दुई महिनाको अवधिमा यस क्षेत्रमा अनशन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले भने यसअघि नै केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार