मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति भिडियो

एमाले भन्छ- गणतन्त्र उल्ट्याउने प्रयास सफल हुँदैन

संविधानविपरीतका गतिविधिप्रति एमालेको चासो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
एमाले भन्छ- गणतन्त्र उल्ट्याउने प्रयास सफल हुँदैन
काठमाडौं, चैत ४ :

प्रमुख सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै, मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल नहुने ठोकुवा गरेको छ ।

पार्टीको सचिवालयको सोमबारको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको सात दशक लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रयास निरर्थक र हानिकारक हुने बताए ।

उनले २१औं शताब्दीतिर पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हास्यास्पद र निरर्थक रहेको जनाउँदै  संविधानको प्रभावकारी कार्यान्वयन र राजनीतिक स्थिरता सुनिश्चित गर्न एमाले प्रतिबद्ध रहेको जिकिर गरे ।

एमालेले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत जनाएको छ । साथै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको २८ नयाँ सदस्यको नाम पनि अनुमोदन गरिएको जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार