बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार गण्डकी प्रदेश

लमजुङको मातृभूमि र भक्ति आदर्श क्याम्पसमा नेविसंघ विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
लमजुङको मातृभूमि र भक्ति आदर्श क्याम्पसमा नेविसंघ विजयी
लमजुङ, चैत ५ :

लमजुङको मातृभूमि  र भक्ति आदर्श  क्याम्पसमा नेविसंघ विजयी भएको छ । मंगलबार भएको निर्वाचनमा सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो । नेविसंघका उम्मेदवार सुशील अधिकारी ४९ मतका साथ सभापतिमा निर्वाचित भए ।

यस्तै मातृभूमि क्याम्पसमा भएको निर्वाचनमा  नेविसंघका विशाल थापा ५५ मतका साथ विजयी भए । मध्यनेपाल नगरपालिका-३, सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघका प्यानलै सर्वसम्मत भइसकेका छन् ।  प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले लमजुङका ४ वटा क्याम्पसमा शान्तपूर्ण ढंगबाट मतदान सकिएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार