शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
परराष्ट्रमन्त्री डा राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता
काठमाडौँ, चैत ५ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासो र आपसी हितका साथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।

मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन् । 

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरुको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार