आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर : १३३ जनाको सरुवा (सूचीसहित)

· बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर : १३३ जनाको सरुवा (सूचीसहित)
काठमाडौं, चैत ६ :

गृह मन्त्रालयले ११ सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापनको निर्णय गरेको छ। यस निर्णयअनुसार ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरिएको छ।

सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको रूपमा पदस्थापन गरिएको छ। त्यस्तै, कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृह मन्त्रालयमा ल्याइएको छ भने उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओको जिम्मेवारी दिइएको छ।

साथै, गृह मन्त्रालयमा कार्यरत भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीको सीडीओको जिम्मेवारी दिइएको छ। यो निर्णयअनुसार, सुर्खेतको प्रमुख जिल्ला अधिकारीको पदमा जगदिश्वर उपाध्याय, नवलपरासीमा भविश्वर पाण्डे, बागलुङमा कुमानसिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुइँटेल र अछाममा आनन्द सारुलाई पदस्थापन गरिएको छ। अछाममा कार्यरत शिवप्रसाद लम्साललाई गृह मन्त्रालय मातहतमा सरुवा गरिएको छ।

 

यस्तो छ सूची:

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार