शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

टोखाबाट बरामद २५ करोडको मालिक अझै पत्ता लागेन, ट्रक चालकलाई राजस्व अनुसन्धान पठाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ चैत, २०८१ मा प्रकाशित
टोखाबाट बरामद २५ करोडको मालिक अझै पत्ता लागेन, ट्रक चालकलाई राजस्व अनुसन्धान पठाइयो
फाइल तस्बिर।
काठमाडौं, चैत ६ :

२५ करोड रुपैयाँ भन्दा बढी नगदसहित टोखाबाट सोमबार पक्राउ गरिएका फुच्चे भनिने कुसाङ लामालाई राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

डलर र युरो गरेर २५ करोड रुपैयाँभन्दा बढी नगदसहित पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ का ४३ वर्षीय लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।

लामामाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्ने भएको छ ।

चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।

बरामद गरिएको युरो, डलर पनि पठाइएको छ । डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् । उनको भनाइलाई पुष्टि हुने थप आधारहरू नभेटिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार