
काठमाडौं, चैत ७ :
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन्।
यस अघि भएको प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेका प्रश्नहरूको प्रधानमन्त्रीबाट कुनै ठोस जवाफ नपाएको भन्दै उनले कार्यक्रमको औचित्य माथि नै प्रश्न उठाएर बहिष्कार गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद साहले कार्यक्रमको कार्यसूचीबाट 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' नहटाए बहिष्कार गर्ने चेतावनी दिएका थिए। तर, उनका मागहरू सम्बोधन नगरिएपछि उनले बैठक नै बहिष्कार गरेका हुन्। यसअघिको प्रश्नोत्तर कार्यक्रममा सांसद साहले सोधेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिनुको साटो व्यङ्ग्य गरेर उल्टै प्रश्न गरेका थिए ।