
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको जवाफ दिए । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले संसद्को रोष्टममा उभिएर सांसदका जवाफ दिएका हुन्। उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए ।
ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताए । त्यसपछि सांसद वासुदेव घिमिरे, बिन्दबासिनी कंसाकार,भानुभक्त जोशी, बिनाकुमारी थनेत,भीमप्रसाद आचार्य,बुद्धिमान तामाङ,बिनिता कठायत,विमला सुवेदी र मनिष झाले सोधेको प्रश्नको पालैपालो जवाफ दिएका थिए ।
यसअघिको प्रश्नोत्तर कार्यक्रममा आफ्नो प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै सांसद प्रभु साहले भने कार्यक्रम बहिष्कार गरेका थिए । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम एक घण्टा १८ मिनेटसम्म चलेको थियो ।