आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

मृगौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा सेवा दिने मुलुकमा पर्छ : प्रधानमन्त्री ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
मृगौलाको उपचारमा नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा सेवा दिने मुलुकमा पर्छ : प्रधानमन्त्री ओली
काठमाडाैं, चैत ९ :

प्रधानमन्त्री केपी ओलीको मृगौलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकामा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुकमा पर्ने बताएका छन् ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउन जोड दिए ।

दुई पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्भ महसुस भएको उल्लेख गरे । 

सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मृगौला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट पारे। कार्यक्रममा समाजका अध्यक्ष प्रा डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मृगौला रोगको समस्या र निदानका प्रयासबारे चर्चा गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार