काठमाडौँ, भदौ १० :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३. ९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४. ५३ रुपैयाँ पुगेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८. ८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४९. ५० रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५. ७६ रुपैयाँ रहेको छ भने बिक्री दर १७६. ५५ रुपैयाँ पुगेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०. १४ रुपैयाँ रहेको छ भने बिक्री दर ९०. ५५ रुपैयाँ रहेको छ । 

यस्तै, साउदी रियाल एकको खरिद दर ३५. ६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५. ८५ रुपैयाँ रहेको छ । मलेसियन रिङ्गिट एकको खरिद दर ३०. ६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०. ७५ रुपैयाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।