
एकातिर गाजामा इजरायल र हमासबीच युद्धविराम लागु भएको छ भने अर्कोतिर इजरायली सरकार समस्यामा परेको छ ।
हमासले आइतबार इजरायली बन्धकहरूको सूची इजरायललाई हस्तान्तरण गरेपछि गाजामा युद्धविराम सुरु भएको छ । यसैबीच, युद्धविरामप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायली सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
इजरायलको अति-दक्षिणपन्थी यहूदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोध गर्ने र सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । यसपछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अब संसद्मा धेरै सानो बहुमत बाँकी छ ।
इजरायलका राष्ट्रिय रक्षामन्त्री तथा यहूदी शक्ति पार्टीका प्रमुख इटामार बेन ग्वेयरले यित्जाक वासेरलोफ र इमिहाई एलियाहुसँगै आइतबार बिहान राजीनामा दिएका छन् ।
यद्यपि, अनादोलु समाचार एजेन्सीको रिपोर्ट अनुसार, बेन-ग्भिरको पार्टीले समर्थन फिर्ता लिएको खण्डमा सत्तारुढ गठबन्धनले संसद्मा केवल ६ सिट गुमाउनेछ । यसले सरकारलाई कुनै खतरा हुने छैन ।
हमासद्वारा रिहा हुनेको नाम सार्वजनिक, पहिलो चरणमा विपिन जोशी परेनन्
इटामार बेन ग्वेयरले पहिले युद्धविराम सम्झौताको विरोध गरिसकेका छन् । उनी गाजामा हमासविरुद्ध इजरायलको सैन्य कारबाहीलाई समर्थन गर्छन् ।
प्रधानमन्त्री नेतान्याहुलाई लेखेको राजीनामा पत्रमा इटामार बेन ग्वेयरले सरकार ढाल्न काम नगर्ने तर युद्धविराम सम्झौताबाट असन्तुष्ट रहेको लेखेका छन् ।
उनले सम्झौतालाई ‘आतंकवादको विजय’ भनेका छन् ।
क्याप्सन :
इजरायलका रक्षामन्त्री इटामार बेन ग्वेयर । उनले युद्धविराम सम्झौताको विरोध गर्दै आएका छन् ।