
पुस २७ :
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गरेका छन् ।
भेटमा उनीहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि (शनिबार) अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई अध्यक्ष थापाले आमन्त्रणसमेत गरेका हुन् ।