
पुस २७ :
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया,नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल लगायतको सहभागिता थियो ।