मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सदनमा कुलमान बर्खास्तको विरोध, आधा घण्टाका लागि बैठक स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
सदनमा कुलमान बर्खास्तको विरोध, आधा घण्टाका लागि बैठक स्थगित
काठमाडौं, चैत १३ :

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।

बुधबारको बैठक सुरु हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए । उनले बोलेपछि सभामुखले सबैलाई बस्न अनुरोध गरे पनि घिसिङलाई हटाउने निर्णय भएको भन्दै विपक्षी दलहरुले उठेर विरोध जनाइरहे । सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्नका लागि पटक-पटक अनुरोध गरे पनि विरोध भइरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

यसअघि आज बिहान बसेको विपक्षी दलहरूको बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेका थिए । बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको नेसपा अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

कुलमानलाई हटाएको विरोधमा संसद् अवरोध गर्ने विपक्षी दलहरुको निर्णय

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार