काठमाडौं, चैत १३ :

नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको आज (बुधबार) बसेको बैठकले कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई दिएको हो ।

बैकको सञ्चालक समितिको ६००औं बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको चैत १० गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।