बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
मनाेरञ्जन कला

दर्शकको उच्च साथसहित पाँचौं सातामा ‘लाज शरणम्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
दर्शकको उच्च साथसहित पाँचौं सातामा ‘लाज शरणम्’
काठमाडौं, चैत १३ :

चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौं सातामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौं सातामा प्रवेश गरेको हो ।

उच्च शोसहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले जनाएको छ । ‘चलचित्र लाज शरणम् सफलतासहित पाँचौं सातामा प्रवेश गरेको छ,’ निर्माता नवीन श्रेष्ठले भने, ‘अहिले पनि चलचित्रलाई उपलब्ध शोमा दर्शकको संख्या उच्च छ ।’

‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायतको अभिनय छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् । जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार