बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

एकीकृत समाजवादी सुदूरपश्चिमको प्रथम अधिवेशन धनगढीमा हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
कैलाली, चैत १४ :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ ।

प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिए । अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उनले बताए । 

पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिए । उनले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार