बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

· आइतबार, १० भदौ, २०८१ मा प्रकाशित
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, भदौ १० :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लगानी समूह तीन दशमलव ८३, बैङ्किङ तीन दशमलव ३१, वित्त तीन दशमलव ५० र अन्य समूह तीन दशमलव ५५ प्रतिशतले बढेको छ । विकास बैङ्क दुई दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ३८, जलविद्युत् तीन दशमलव ०४, जीवन बीमा दुई दशमलव ५०, उत्पादन तथा प्रशोधन एक दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ५९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

 विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैङ्क लिमिटेड डिभेञ्चर–८६ को शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै रु ८४ करोड ६८ लाख १७ हजार बराबरको २२ लाख ७८ हजार सात सय ८७ कित्ता शेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार