मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमशेर प्रहरी नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
राप्रपा नेता रवीन्द्र मिश्र र धवलशमशेर प्रहरी नियन्त्रणमा
काठमाडाैं, चैत १६ :

आन्दोलनमा प्रदर्शनकारी भड्काएको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको छ । घाइतेलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले शुक्रबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै पञ्चायतकालीन नेता नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ। उनी हालै गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन्। तर १५ गतेको प्रदर्शनको कमान्डरको जिम्मा भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिएका थिए ।

राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको छ। उनी राति अबेरसम्म पनि पक्राउ परेका छैनन् । प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।

प्रसाईंको कमान्डमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार