काठमाडाैं, चैत १६ :
सरकारले तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस घटनाको सत्य-तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र अबका दिनमा यस्ता घटना दोहोरिन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । राजावादीको प्रदर्शन हिंसात्मक भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ