
काठमाडाैं, चैत १६ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक घटनाको उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्न माग गरेको हो ।प्रदर्शनकारीहरुले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी समेत जलाएका थिए ।
त्यस्तै, रास्वपाले यही चैत १८ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । त्यस क्रममा एकजना प्रदर्शनकारी र पत्रकार गरी दुईजनाको मृत्यु भएको थियो ।