ललितपुर, चैत १८ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । प्रचण्डले आज अपराह्न ४ बजे खुमलटारस्थित आफ्नो निवासमा बस्नेगरी बैठक डाकेका हुन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, स्थगित तराई मधेश जागरण अभियान सञ्चालन, १५ गते काठमाडौंमा भएको समाजवादी मोर्चाको सभाको समीक्षा हुने र आगामी कार्यक्रम तय गर्ने बताइएको छ। 

चैत १५ मा राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादी केन्द्रले ज्ञानेन्द्र शाहविरुद्ध कारबाहीको माग गर्दै आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय सक्रिय हुन थालेपछि गणतन्त्रवादी नेताहरु रुष्ट भएका छन् ।