काठमाडौं, चैत १९ :
राप्रपा सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकिएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठक सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
पोस्टकोभिडका कारण घाँटीमा क्यान्सर भएका बोहोराको ७४ वर्षको उमेरमा मंगलबार बिहान ११ बजे चाबहिलस्थित ओम अस्पतालमा निधन भएको थियो ।
बोहोरा भाषण नगरेरै चुनाव जितेका नेता हुन् । २०७९ सालको संघीय चुनावमा बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ