
फाइल तस्बिर।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गर्दै चैत १५ र १८ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपालको संविधानबमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ । विधेयक अधिवेशनका रूपमा रहेको संसद्को चालु अधिवेशन गत माघ १८ गतेदेखि सुरु भएको थियो।
सरकारको नाममा दर्ता रहेको लमजुङ जिल्ला साविक सुन्दरबजार गा.वि.स. वडा नं. ९ को १५-१-१-० रोपनी सार्वजनिक जग्गा सुन्दरबजार अस्पतालको भवनलगायतका भौतिक संरचना निर्माण गर्न सुन्दरबजार नगरपालिका लमजुङलाई उपयोग गर्न स्वीकृति दिने ।
वन तथा वातावरण माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनाको २२० के. भी. विद्युत प्रशारण | लाईन आयोजना निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका | वडा नं १ मा रहेको राष्ट्रिय वनको २.७६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
२०८१ चैत २५ गतेदेखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा जनसङ्ख्या मन्त्रालय सञ्चालन हुने Commission on Population and Development (CPD) को 15 औं सत्रमा सहभागिताको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई स्वीकृति प्रदान गर्ने लगायतका निर्णय बैठकले गरेको छ ।
यस्ता छन् थप निर्णय :