काठमाडौं, चैत १९ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त सीईओ चूडामणि चापागाईंले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने भएका छन् ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

झापाका चापागाईंलाई सरकारले नेप्सेको सीईओमा नियुक्त गरेको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।