सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति प्रदेश बागमती प्रदेश

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य गर्ने निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य गर्ने निर्णय
मकवानपुर, चैत २० :

बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

प्रदेश सरकारले अर्को अधिवेशन छिट्टै आह्वान गरी प्रि बजेटसम्बन्धी छलफल सुरु गर्ने तयारी गरेको मन्त्री लामिछानेको भनाइ छ । गत माघ १८ गतेबाट प्रदेशसभाको चालु अधिवेशन सुरुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार