सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

सेनाको विमान मेडिकल र राहत सामग्री लिएर म्यानमार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
सेनाको विमान मेडिकल र राहत सामग्री लिएर म्यानमार पुग्यो
फाइल तस्बिर।
काठमाडौं, चैत २० :

नेपाली सेनाको जहाज मेडिकल र राहत सामग्री लिएर म्यानमार पुगेको छ । सेनाको सीएन-२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमार गएको हो ।

शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकलसहितको राहत सामग्री पुर्‍याएको हो । सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार सेनाको विमान मेडिकल टोली छाडेर भोलि काठमाडौं फर्किनेछ ।

टोलीमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालक दलका सदस्य तथा स्वास्थ्यकर्मीसहित १६ जना छन् । नेपालको इतिहासमै पहिलोपटक म्यानमारका लागि प्राकृतिक विपद्‌मा सैनिक जहाज पठाइएको हो ।

गत शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण म्यानमार थुप्रै जनधनको क्षति भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार