
फाइल तस्बिर।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले चैत १५ गतेको राजावादीको आन्दोलनलाई समर्थन गर्नु पार्टीको गल्ती भएको हुन सक्ने बताएका छन्।
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा तामाङले भने, ‘जसले जे गर्ने भने त्यसलाई समर्थन गरिहाल्ने निर्णय गर्नुभन्दा अघि सोच्नुपर्ने रहेछ ।’
उपाध्यक्ष तामाङले मञ्च नजिकै पुगेर हेर्दा ज्ञानेन्द्र शाहको साइजमा दुर्गा प्रसाईंको फोटो देखेँपछि प्रसाईं हाबी हुन खोजे प्रस्ट भएपछि आफू त्यहाँबाट फर्किएको बताए । यो त खत्तम रैछ भन्ने लागेर फर्केर सिनामंगल आइपुग्दा नपुग्दै टियर ग्यास मञ्चमा हानिएको खबर पाए उपाध्यक्ष तामाङले सुनाए ।
उनले तीनकुने घटनामा पार्टीका महामन्त्री र वरिष्ठ उपाध्यक्षलाई मात्र सबै दोषको जिम्मा लगाउने हो ? भनि प्रश्न गर्दै न्यायिक जाँचको माग गरे।